विचित्र विश्व

अगस्त्यकाे चमत्कारः ११ वर्षकाे उमेरमै १२ कक्षा पास, कसरी सम्भव भयो ?

अगस्त्यकाे चमत्कारः ११ वर्षकाे उमेरमै १२ कक्षा पास, कसरी सम्भव भयो ?

कसैले १०-११ वर्षको कलिलै उमेरमा १२ कक्षा उत्तीर्ण गरेको भन्दा सुन्दै अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । भारतको हैदराबादका बालक अगस्त्य जायसवाले ११ वर्षीको कलिलो उमेर १२ कक्षा उत्तीर्ण गरेका छन् भने उनी दिदी नैनाले १० वर्षकै उमेरमा १२ कक्षा पास गरिन् । भखरै १२ कक्षा उत्तीर्ण गरेका अश्विनी र भाग्यलक्ष्मीका छोरा अगस्त्याले बी कमको पढाइ गर्न चाहन्छन् र त्यसपछि उनको डाक्टर बन्ने इच्छा छ ।
कसरी सम्भव भयो ? ‘महात्मा गान्धीले बताएका छन् कि कुनै पनि बालकको पहिलो शिक्षक अभिभावक हुन्, हामीहरु यही बाटोमा हिँडेका थियौँ, एउटी आमा र बच्चाबीचको भावनात्मक सम्बन्ध अरु कुनै सम्बन्धमा हुँदैन,’ अश्विनीले भने । सन् २००८ मा अश्विनीले आफ्नो पूरा समय छोराछोरीको पढाइलेखाइमा दिने विचारले आफूले संचालन गरेका विद्यालयलाई बन्द गरे । आश्विनी र उनकी श्रीमती भाग्यलक्ष्मीले छोराछोरीलाई विद्यालयमा नपठाई आफैँ घरमा पढाउने निर्णय गरे । भाग्यलक्ष्मीले आफ्ना छोराछोरीलाई पढाउनका लागि रोचक खेल बनाइन् । त्यस्तै अश्विनीले काखमा खेलाउँदै उनीहरुलाई ह्याण्डराइटिङ (हस्तलेखकन) र क्रियटिभ स्किल्स (रचनात्मक सीप) सिकाउन सुरु गरे । ‘मलाई दुई अढाइ वर्षको बच्चालाई प्लेस्कुलमा पठाउनु उचित लागेन, किनकि बच्चाले ग्रुप (समूह)मा सिक्न सक्दैनन्,’ अश्विनी अगाडि थप्छन्, ‘प्लेस्कुलमा बालबालिकालाई सिकाइको उत्प्रेरण जगाउन सम्भव हुँदैन ।’ छोराछोरी पाँच वर्षको पुग्दानपुग्दा उनीहरुले मातृ–भाषा, हिन्दी, गीता र रामायणका श्लोकसमेत सिकाए । ‘वर्णमालाका आधारमा उनीहरुले सबै परीक्षा उत्तीर्ण गरेपछि हामीले अखबार पढ्न दियौँ । त्यसपछि उनीहरुको उच्चारणलाई सुधार गर्नका लागि गीता र महाभारतका श्लोक सिकायौँ । यसको ६ महिनामा उनीहरुले हिन्दी भाषा सिके । त्यसपछिको छ महिनाको समय तेलन्गनाको आधिकारीक भाषा तेलगु पढाउन खर्चियौँ । त्यसको छ महिनापछि विज्ञान, सामाजिक अध्ययन र गणित जस्ता विषय पढाउन एक एक वर्षको समय दियौँ,’ पिता अश्विनीले भने ।
त्यसपछि छोराछोरीले घरमै पढाउने बताउँदै उनीहरुले नजिकैको विद्यालयमा अगस्त्य र नैनाको नाम लेखाइ दिए । उनीहरुले विद्यालयलाई आफ्ना छोराछोरी घरमै पढ्न राजी भएको विश्वाससमेत दिलाए । के अगस्त्य र नैना आफ्ना उमेरका अन्य साथीहरुको अभावमा त रहेका छैनन् भन्ने प्रश्नमा अश्विनीले भने, ‘उनीहरुसँग पढ्न आउनु अन्य बच्चासँग उनीहरु मिले पढ्ने गर्छन र फिट्नेस ट्रेनिंगका समयमा पनि उनीहरु आफ्ना साथीहरुसँग भेटघाट गर्दन् ।’ अगस्त्यले १२ पास गरेपछि अश्विनीले आफ्नो ध्यान छोरी तर्फ मोडेका छन् । अहिले नैना १७ वर्षकी भइन् । उनले पीएचडीको पढाई सुरु गरिसकेकी छिन् । उनले अन्तर्राष्ट्रिय स्तरमा टेबलटेनिस खेलमा भारतको तर्फबाट प्रतिनिधित्वसमेत गर्छिन् । अश्विनीले नैनालाई भारतको ओलम्पिक टिममा प्रवेश गराउने तयारी थालेका छन् । अश्विनीले छोरी नैनालाई सिविल सर्विसेजका साथसाथै ओलम्पिक टिमको लागि तयारी गराउन चाहन्छन् । उता, अगस्त्यले पत्रकारितामा बिए गर्न चाहन्छन् तर, उनको डाक्टर बन्ने लक्ष्य छ । पत्रकारिता पढेर डाक्टर कसरी बन्न सकिन्छ भन्ने प्रश्नमा अगस्त्यले भने, ‘म बीए गर्छु वा बी कम र मेडिसिनको पढाइ । म र मेरो दिदी डिग्रीको लागि नभई ज्ञानको लागि पढाइ गर्छौँ ।’ बीबीसी हिन्दीकाे सहयाेगमा 

विशेष