राजनीति

'निर्वाचन सबै दलका लागि ऐतिहासिक अवसर'

'निर्वाचन सबै दलका लागि ऐतिहासिक अवसर'
वैशाख - ६ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन सबै दलका लागि ऐतिहासिक अवसर भएको बताए । एक दिने पश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनका अवसरमा उनले निर्वाचनमा सबै दल, मतदाता र कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति दिन सरकार तयार रहेकाले यो महत्वपूर्ण अवसर गुम्न नदिन सवैसँग आग्रह गरे । वैशाख ३१ गतेका दिन एकैचरणमा निर्वाचन सम्पन्न गर्न सरकार तम्तयार रहेको उल्लेख गर्दै उनले तर मधेसी मोर्चा पनि सहमतिमा आए दुई चरणमा पनि निर्वाचन गर्न सकिने धारणा राखे । मन्त्री निधिले निर्वाचनको मिति कुनै हालतमा सर्दैन भन्दै असन्तुष्ट दलहरुलाई पनि वार्ता गरेर सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी गराए । उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकाय अहोरात्र खटिरहेको बताए ।

bimalendra nidi

विशेष