राजनीति

राष्ट्रिय एकता पार्टीको नाम राख्दै, ५ मधेशवादी दलबीच एकता

राष्ट्रिय एकता पार्टीको नाम राख्दै, ५ मधेशवादी दलबीच एकता

वैशाख ७ । मधेसी मोर्चामा आबद्ध ५ दलबीच एकता हुने भएको छ ।

ती दलका शीर्ष नेताहरुबीच बुधबार राति अबेरसम्म भएको छलफलमा पार्टीको नाम र अध्यक्ष मण्डलबारे सहमति जुटेपछि एकता हुने पक्कापक्की भएको हो ।

सम्भव भएसम्म बिहीबार नै एकता घोषणा गर्ने तयारी भइरहेको स्रोतले जानकारी दियो। एकता प्रक्रियामा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिक सामेल छन् ।

राजेन्द्र महतोदेखि महन्थ ठाकुरसम्म सबै एक हुने तयारीमा रहेका बेला उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल भने सो प्रक्रियामा सामेल छैन। उपेन्द्र यादव नयाँ शक्ति पार्टीसँग एकताका लागि संवादमा छन् ।

पार्टीको नाम ’राष्ट्रिय जनता पार्टी’ राख्ने विषयमा लगभग सहमति जुटेको स्रोतले बतायो। यस्तै अध्यक्ष मण्डलबारे पनि सहमति जुटिसकेको बताइएको छ। एकता घोषणा कहिले गर्ने भन्ने अन्तिम टुंगो बिहीबार बिहानको छलफलबाट लगाउने पाँच दलको तयारी छ। अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीलाई पनि सहमतिमा ल्याउन प्रयास भइरहेको स्रोतले जानकारी दियो ।

अनिल झा पनि सामेल भएमा एकता हुने पार्टीको संख्या ६ पुग्नेछ।

madhesi morcha

विशेष