राजनीति

कांग्रेसको घोषणापत्रमा जलशक्ति र जनशक्तिको चर्चा

कांग्रेसको घोषणापत्रमा जलशक्ति र जनशक्तिको चर्चा

वैशाख ७ । नेपाली कांग्रेसले आगामी तीन वर्षभित्र १० प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने योजना र कार्यक्रमसहित स्थानीय तह निर्वाचन घोषणापत्र तयार पारेको छ ।

महेश आचार्य नेतृत्वको घोषणापत्र मस्यौदा समितिले बुधबार पार्टी पदाधिकारी र प्रभावशाली नेतासँग सुझाव लिएको हो । कांग्रेसले घोषणापत्र वैशाख १० मा सार्वजनिक गर्ने भएको छ ।

जलशक्ति र जनशक्तिलाई आर्थिक समृद्धि हासिल गर्ने मुख्य आधार ठान्दै कांग्रेसले कृषि र पर्यटन क्षेत्रको विकासलाई जोड दिएको छ । उद्योग र लगानीमैत्री वातावरण तथा स्थानीय तहबाटै लगानीको वातावरण बनाउनुपर्ने पक्षमा कांग्रेस देखिएको छ ।

घोषणापत्र मस्यौदा समिति सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले मुलुकको आर्थिक समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने योजना र कार्यक्रमसहित घोषणापत्र आउने बताए ।

कांग्रेसले १० वर्षपद्धिको नेपालको चित्र स्पष्ट गर्ने गरी घोषणापत्र आउनेछ, पौडेलले भने, झूटा होइन व्यवहारिक कुरालाई जनतामाझ पस्कन्छौँ। कांग्रेसले युवाका लागि रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित वृद्ध भत्ता दोब्बर गर्ने कार्यक्रम पनि घोषणापत्रमा समेटेको छ। नागरिक

Nepali congress Ghosana Patra

विशेष