राजनीति

काभ्रेका अजित मिजारको परिवारलाई दश लाख दिने सरकारको निर्णय

काभ्रेका अजित मिजारको परिवारलाई दश लाख दिने सरकारको निर्णय

वैशाख ७ । काभ्रेको पाँच खालका १८ बर्षीय अजित मिजारको परिवारलाई सरकारले दश लाख दिने निर्णय गरेको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले गत असार २९ गते घरबाट हराएका उनको शव असार ३० गते धादिङको गजुरी खोलामा फेला परेको थियो । ज्याम्दीकी पराजुली थरकी १७ वर्षीया युवतीसँग प्रेम विवाह गरेका थिए ।

त्यस्तै विपी कोइराला पार्क सिन्धुलीको दुम्जामा बनाउने र पुष्पलाल श्रेष्ठ पार्क रामेछापमा बनाउने पनि आजको बैठकले निर्णय गरेको छ । यसको लागि यसअघि नै संभाव्यता अध्ययनको लागि ५० लाख रुपैयाँ रकम छुट्याईसकेको छ ।

त्यस्तै आजको बैठकले पुँजीगत खर्च बढाउनेबारे पनि निर्णय गरेको छ । नेपालस्थित युरोपियन युनियनलाई जग्गा खरिद गर्न अनुमति दिने र नेपाल वायु सेवा निगमलाई वाइड बढी किन्नको लागि सरकार जमानी बस्ने समेत आजको बैठकले निर्णय गरेको सहरी विकासमन्त्री अर्जुनरसिंह केसीले जानकारी दिए ।

त्यस्तै नेपाली सेनाका प्रमुख सेनानी गौरव कुमार केसीलाई महासेनानीमा बढुवा गरेको छ । सेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणको पनि सरकार स्विकृत प्रदान गरेको छ ।

त्यस्तै धुर्मुस सुन्तलीद्धारा बर्दिवासमा निर्मित एकीकृत मुसहर बस्तीको लागि सरकारले रेजिष्ट्रेशन फि मिनाहा गर्ने निर्णय गरेको छ ।

Mantri Parsiad

विशेष