राजनीति

कास्कीमा १५० मतदानस्थल, २८८ मतदान केन्द्र

कास्कीमा १५० मतदानस्थल, २८८ मतदान केन्द्र
वैशाख–७ । स्थानीय तहको निर्वाचनका लागि कास्कीमा १५० मतदानस्थल र २८८ मतदान केन्द्र कायम गरिएको छ । ३३ वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २१०, ११ वडा भएको अन्नपूर्ण गाउँपालिका, ९ वडा भएको माछापुच्छ्रे गाउँपालिका र १२ वडा भएको मादी गाउँपालिकामा २१/२१ र सात वडा रहेको रुपा गाउँपालिकामा १५ मतदान केन्द्र कायम भएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिए । निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार जिल्लामा दुई लाख २४ हजार ८११ मतदाता छन् । कुल मतदातामा पाँच जना तेस्रो लिङ्गी छन् । निर्वाचन आयोगले गत वर्षको पुस १० देखि माघ १५ गतेसम्म टोली खटाइ फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको थियो । जसबाट चार हजार ३८५ नयाँ मतदाता थपिएका थिए । महानगरपालिकामा एक लाख ६८ हजार ६७, अन्नपूर्णमा १५ हजार ५६९, माछापुच्छ्रेमा १६ हजार ३०१, मादीमा १३ हजार ५५९ र रुपामा १३ हजार ३१६ मतदाता छन् । निर्वाचनबाट जिल्लामा कुल ३८१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

कास्की मतदान केन्द्र स्थानीय तहको निर्वाचन

विशेष