राजनीति

मधेशकेन्द्रित पाँच दलको एकता

मधेशकेन्द्रित पाँच दलको एकता
वैशाख – ७ । सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनाधिकार फोरम गणतान्त्रिकबीच एकता भएको घोषणा गरिएको छ । विहीबार काठमाडौंको कालिकस्थानस्थित अमृत भोग पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पार्टीको एकीकरण भएको हो । एकतापछि नयाँ दलको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राखिएको छ । पार्टीले चुनाव चिन्ह छाता घोषणा गरिएको छ । पार्टीको नेतृत्व अध्यक्ष मण्डलले गर्नेछ । जसमा पाँचवटै दलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजकिशोर यादव, शरत्सिंह भण्डारी रहनेछन् ।

विशेष