राजनीति

दलहरुद्वारा प्रचारप्रसार समिति गठन

दलहरुद्वारा प्रचारप्रसार समिति गठन
वैशाख–७ । नेपाली काँग्रेस भक्तपुरले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार गर्न प्रचारप्रसार समिति गठन गरेको छ । काँग्रेस जिल्ला सदस्य केदार खड्काको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो । जिल्ला अध्यक्ष दुर्लभ थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति, सचिव उद्धव सिलवालको संयोजकत्वमा जिल्लाको निर्वाचन घोषणापत्र निर्माण समिति, शिवराम श्रेष्ठको संयोजकत्वमा अनुशासन समिति, निशान ढुङ्गेलको संयोजकत्वमा प्रशिक्षण समिति, उर्मिला वनको संयोजकत्वमा महिला परिचालन समिति गठन गरिएको छ । त्यसैगरी, नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा जिल्ला अध्यक्ष राजेन्द्र राजथलाको संयोजकत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यसैगरी, एमाले भक्तपुर जिल्ला प्रचार विभाग संयोजक श्याम बस्नेतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति, उपाध्यक्ष बच्चन देउजाको संयोजकत्वमा आर्थिक समिति, शैलेन्द्र श्रेष्ठको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति र गोविन्द चौलागाईंको संयोजकत्वमा कानुन विभाग समिति गठन गरिएको छ । नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको निर्वाचनका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठको संयोजकत्वमा ७५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जिल्लामा नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले र राष्ट्रिय जनमोर्चाले पनि निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने क्रम जारी रहेको जानकारी दिएको छ । रासस

स्थानीय तह निर्वाचन

विशेष