राजनीति

निर्वाचनका लागि घर फर्कनेक्रम बढ्याे

निर्वाचनका लागि घर फर्कनेक्रम बढ्याे
वैशाख ९ । बाजुरा जिल्ला बूढीगंगा नगरपालिका–१० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन् । उनी ८ वर्षपछि घर फर्किएका हुन् । स्थानीय तहको निर्वाचनमा मत हाल्न सार्की दुई महिनाको बिदा लिएर भारतको दिल्लीबाट आएका हुन् । स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको उनको भनाइ छ । यस्तै, छेडेदह गाउँपालिका–१ का धनसिंह रोकाया तीन महिनाअगाडि मजदुरी गर्न भारत गएपनि एक हप्ताअघि घर फर्किएका छन् । रोकाया पनि स्थानीय तहको निर्वाचनका लागि घर फिर्ता भएका हुन् । ‘वडामा उम्मेदवारी दिने योजना बनाएर घर फर्केको हुँ’–रोकायाले भने । लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले चौकीदारी काम छोडेर आएको रोकाया बताउँछन् । ब्रह्मतोलाका गणेश रौले पाँच महिनादेखि चौकीदारी गर्न भारतको राजधानी नयाँदिल्ली गएका थिए । उनी स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै घर फर्किका छन् । ‘मसँगै धरै नेपाली निर्वाचनका लागि घर फर्किएका छन्’–रौलेले भने । बेतालमाडौंस्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चाररपाँच सयको संख्यामा नेपाली नागरिक घर फर्कन थालेको बताउँछन् । ‘बसमा दसैंमाजस्तै घर फर्कनेको चाप देखिन्छ’–उनले भने । अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न सहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्कनेक्रम बढेको छ ।

विशेष