राजनीति

दुई विद्यार्थी सङ्गठनबीच झडप हुँदा छ घाइते

दुई विद्यार्थी सङ्गठनबीच झडप हुँदा छ घाइते
वैशाख–८ । चितवन जिल्लाकाे कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच आज दिउँसो झडप हुँदा छ जना घाइते भएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच भडप हुँदा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीनजना घाइते भएका हुन्। नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको हो । घाइते हुनेमा अनेरास्ववियुका पोषण साह, रोहित ढकाल सुदीप भुजेल रहेका छन् भने क्रान्तिकारीका निरज सिंह, सुवज अधिकारी र नोवेल आचार्य रहेको प्रहरीले जनाएको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चितवन विद्यार्थी सङ्गठन

विशेष