राजनीति

गायक विष्णु खत्री उम्मेदवारमा सिफारिस

गायक विष्णु खत्री उम्मेदवारमा सिफारिस
वैशाख ९ । नेपाली लोकसंगीत क्षेत्रका चर्चित गायक विष्णु खत्रीलाई नेकपा माओवादी केन्द्रले बागलुङ जिल्लाको गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा सिफारिस गरेको छ । केन्द्रको गलकोट नगर समितिको बैठकले खत्रीसँगै पोलिटब्यूरो सदस्य फमलाल न्यूरे, केन्द्रीय सदस्य ज्ञामनाथ गैरे र तिलक उप्रेतीलाई उम्मदेवारमा सिफारिस गरेको हो । उम्मदेवारको अन्तिम टुंगो भने केन्द्रको ४ नम्बर प्रदेश समितिले लगाउने जनाइएको छ । गायक खत्री केन्द्रको गलकोट नगर समिति सदस्यसमेत हुन् । उप–प्रमुख पदमा भने जिल्ला सदस्य ललिता थापालाई सर्वसम्मत् उम्मदेवारकोरुपमा सिफारिस गरिएको नगर समितिका उपाध्यक्ष गंगा भुजेलले जानकारी दिइन् । ‘सम्भावित उम्मदेवारको सूची प्रदेश समितिमा सिफारिस गरेका छौं’–उपाध्यक्ष भुजेलले भनिन्–‘उम्मदेवारको अन्तिम टुंगो प्रदेश समितिले लगाउनेछ ।’ केन्द्रले गलकोट नगर क्षेत्रमा आफ्नो चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ ।

विशेष