‘राजसंस्था फर्किन सक्छ’

बैशाख १० । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले जनताले चाहेमा गणतन्त्र खारेज गर्न सक्ने बताएका छन् ।
जनताले चाहेमा संबैधानिक बाटोबाटै राजसंस्था फर्काउन सक्ने मन्त्री थापाले बताए । झापाको दमकमा शनिबार आयोिजत चुनावी सभालाई सम्बोधन गर्दै उनले राजसंस्था फर्काउन सक्ने बाटो अहिलेको संबिधानले दिएको बताए ।
उनले भने– ‘अहिले सबैभन्दा ठुलो शक्ति नै जनता हो,जनताले चाहे संबिधानको उपयोग गर्दै खोसिएको राजसंस्था र हिन्दुराष्ट्र फर्काउन संभव छ ।’
उनले मधेशी मोर्चाका असहमतिका कुरा पनि निर्वाचनपछि संबोधन गर्न सकिने बताउदै अहिलेलाई निर्वाचनमा आउन आग्रह गरे ।
अन्नपूर्ण
kamal Thapa
