हामीलाई जानकारी छैन् : एमाले
वैशाख १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालसँग भएको सहमतिबारे सरकारले आफूलाई जानकारी नगराएको भन्दै असन्तुष्टि जनाएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन आफ्नो दलले सहयोग गर्ने जानकारी गराउँदारगराउँदै पनि सहमतिको विषयमा प्रमुख प्रतिपक्षी दललाई सरकारले कुन सुइँको नदिएर गुमराहमा राखेको बताए।
सहमति भएको भन्ने सञ्चार माध्यमबाट मात्रै जानकारी प्राप्त गरेका छौँ। प्रधानमन्त्रीले चीन भ्रमणमा जानुअघि मात्रै हामीसँग छलफल गर्नुभएको थियो। त्यसपछि आन्दोलनरत पक्षको मागबारे हामीसँग छलफल गर्नुभएको छैन, नेम्वाङले भने, प्रमुख प्रतिपक्षी दल भनेको गभर्मेन्ट इन वेटिङ हो । हामीलाई छलफल र सहमतिबारे जानकारी गराउनुपर्छ ।
निर्वाचन आचारसंहिता लागू भएको समयमा बजेट ल्याउन कानुनले अप्ठेरो पार्ने बुझाइ एमालेको छ । चुनाव दुई चरणमा गर्दा आयोगसँग सरकारले पक्कै परामर्श गर्छ होला, नेम्वाङले थपे, जेठ १५ वजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । आचारसंहिता लागू भएको समयमा कसरी बजेट ल्याउन सकिन्छ र यो लगायत धेरै विषयमा सरकार र निर्वाचन आयोगले स्पष्ट पार्ला भन्ने लाग्छ। सरकार र मधेसी मोर्चाबीच शनिबार वैशाख ३१ गते पहिलो चरणमा र जेठ ३१ गते दोस्रो चरणमा चुनाव गर्ने सहमति भए पनि निर्वाचन आयोगसँग छलफल गरेर दोस्रो चरणको मिति घोषणा गर्ने सहमति भएको छ ।
नागरिक
UML