यसकारण नआएका रहेछन चीनका राष्ट्रपति नेपाल भ्रमणमा
वैशाख १० । चिनियाँ राष्ट्रपति सी चिन फिङ सन २०१६ मा नै नेपाल भ्रमण गर्ने पक्षमा थिए । आफ्ना सबै विश्व भ्रमणलाई ओबिओआर(वान बेल्ट वान रोड)मा केन्द्रीत गरेका राष्ट्रपति फिङको नेपाल भ्रमण ओविओआरसम्बन्धी पत्रमा हस्ताक्षर हुने स्थितिमा मात्र हुन सक्थ्यो । त्यसै अनुसार चीनले असोजमा नै ओबिओआरसम्बन्धी मस्यौदा पठाएको पनि थियो ।
तर, चिनियाँ प्रस्ताव परराष्ट्र मन्त्रालयमै अड्कियो । जसका कारण गतर्वा राष्ट्रपति फिङको नेपाल भ्रमण हुन सकेन । आफ्नो प्रस्ताव लामो समय रोकिएपछि चीनले गुनासो गर्यो । प्रधानमन्त्री पुष्पकमल दाहालले भनेपछि बल्ल परराष्ट्रले चीनले पठाएको मस्यौदामा आफ्नो धारणा पठायो । –नेपाल साप्ताहिकबाट