राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै, यस्तो छ तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, यस्तो छ तयारी

वैशाख १० । सरकारले मधेस केन्द्रित दलसँगको समझदारीका अनुसार आज बस्ने मन्त्रिपरिषद बैठक मार्फत संविधान संशोधन प्रस्तावलाई परिमार्जन सहित पारित गर्ने भएको छ ।

विहान ११ बजे सिंहदरबारमा बस्ने बैठकले संशोधन प्रस्तावलाई फाष्ट ट्रयाकबाट पारित गर्ने प्रक्रिया अघि बढाउने बताइएको छ । हिजो स्थानीय तहको निर्वाचन दुई चरणमा हुने सरकार र मधेस केन्द्रित दलको सहमति अनुसार मन्त्रिपरिषदले आज थप निर्णय गर्न लागेको हो ।

बैठकले निर्वाचन दुइचरणमा गर्ने, स्थानीय तहको संख्या थप, सिमांकन हेरफेरका लागि बनाइने संघीय आयोगको संरचना निर्माण लगायतका बिषयमा समेत निर्णय गर्नेछ ।

मन्त्रिपरिषद बैठकको निर्णयपछि मात्र दुई पक्षबीच औपचारिक सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ । संविधान संशोधन विधेयक परिमार्जन सहित चुनाव अगाडि अनुमोदन गर्ने, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या थप्न गृहकार्य गर्ने विषयमा हिजोको वार्तामा सहमति भएको हो ।

अब पहिलो चरणको चुनाव प्रदेश नम्बर ३, ४ र ६ मा पुर्वनिर्धारीत मिति बैशाख ३१ मा हुनेछ भने प्रदेश नम्बर १, २, ५ र ७ मा दोश्रो चरण अन्तर्गत जेठ ३१ गते गर्नेबारे मन्त्रिपरिषदले निर्णय गर्नेछ ।

mantriparisad

विशेष