माओवादी केन्द्रले अनुमोदन गर्यो सरकार र संघिय गठबन्धन बीचको सहमति
वैशाख १० । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धन बीच हिजो भएको सहमतिलाई अनुमोदन गरेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बिहान सम्पन्न केन्द्रीय कार्यालयको बैठकले सरकार र गठबन्धन बीच भएको सहमतिको प्रस्तावलाई अनुमोदन गरेको हो ।
प्रचण्डले सङ्घीय गठबन्धन र मधेशी मोर्चाका नेताहरुसँग भएको सहमतिबारे बैठकमा नेताहरुलाई जानकारी गराएका थिए । प्रचण्डले सबै राजनीतिक दलहरु निर्वाचनमा आउने वातावरण बन्नु देशकै लागि खुसीको कुरा भएको भन्दै अब सम्पूर्ण रुपले निर्वाचनमा होमिन नेताहरुलाई निर्देशन दिएका छन् ।
Maobadi Kendra Prachanda