राजनीति

निरुपा यादव काठमाडौं महानगरपालिको उपमेयरकी उम्मेदवार

निरुपा यादव काठमाडौं महानगरपालिको उपमेयरकी उम्मेदवार

वैशाख १० । साझा पार्टीले काठमाडौंमा उपमेयर पदको लागि निरुपमा यादवलाई स्वतन्त्र उम्मेदारको लागि सर्मथन गरेको छ ।

साझा पार्टीको केन्द्रीय संयोजन समितिकी सदस्य तथा अधिवक्ता यादव काठमाडौं महानगरपालिकाको उप–मेयरका लागि स्वतन्त्र उमेदवारी दिएकी हुन् ।

३९ वर्षिय यादव ३ सन्तानकी आमा हुन् । यादवले सप्तरी, मोरंग र काठमाडौंसंग भावनात्मक सम्बन्ध गासेको साझा पार्टीको प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ । उनको उम्मेदारी तराई र काठमाडौंको भावनात्मक सम्बन्धको नयाँ आयामको लागि रहेको साझा पार्टीले जनाएको छ ।

१५ वर्षदेखि अधिवक्ताको रूपमा कार्यरत यादवले शान्ति सम्झौता उच्चस्तरिय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेकी छिन् ।

किशोर थापाजस्तो शहरी विकास विज्ञसँग काम गरेर काठमाडौँ ‘सफा, सुरक्षित र सबैका लागि’ बस्न योग्य र विगतमा झैँ सन्सारमैं गर्व गर्न योग्य सहरका रूपमा रूपान्तरण गर्ने उनको लक्ष्य रहेको साझा पार्टीको प्रेस बिज्ञप्तीमा उल्लेख गरेको छ ।

Sajha Party

विशेष