राजनीति

मन्त्रिपरिषद बैठक बहिष्कार गर्दै आएका निधि बैठकमा सहभागी

मन्त्रिपरिषद बैठक बहिष्कार गर्दै आएका निधि बैठकमा सहभागी
वैशाख १० । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि आजको मन्त्रिपरिषद बैठकमा सहभागी भएका छन् । उपप्रधानमन्त्रीमा वरियता विवाद भएपछि मन्त्रिपरिषद बैठक बहिस्कार गर्दै आएका निधि आजको बैठकमा भने सहभागी भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री वरियतामा कमल थापालाई पहिलो नम्बरमा राखेपछि कांग्रेसबाट सरकारमा नेतृत्व गरेका निधिले यसअघिको मन्त्रिपरिषद बैठक बरिस्कार गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निर्वाचनमा लैजान अग्रणी भूमिका निर्वाह गरेकाले अहिले क्याबिनेट बहिस्कार नगर्न निधिलाई आग्रह गरेका थिए । आजको मन्त्रिपरिषद बैठकमा संविधान संशोधन परिमार्जन, स्थानीय चुनाव दुई चरणमा गर्ने र स्थानीय तहको संख्या बढाउने विषयमा छलफल भएको छ ।

bimalendra nidi

विशेष