राजनीति

मन्त्रिपरिषद स्थागित गरेर ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

मन्त्रिपरिषद स्थागित गरेर ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

वैशाख १० । हिजो सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको सहमतिबारे जानकारी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

संविधान संशोधन विधेयक परिमार्जन गर्ने र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमतिबारे जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड ओली निवासमा पुगेका उनका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए ।

आइतबार विहान साढे ११ बजे सुरु भएको मन्त्रिपरिषद बैठक स्थगित गरेर प्रचण्ड बालकोट पुगेका हुन् ।

Oli Prachanda

विशेष