राजनीति

बर्दियामा माओवादीको उम्मेदवार घोषणा

बर्दियामा माओवादीको उम्मेदवार घोषणा
बर्दिया, वैशाख १० गते । यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा (माओवादी केन्द्र)ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । राजापुर नगरपालिकाको प्रमुखमा दीपेश थारू तथा शिवप्रसाद थारू उपप्रमुखमा मनकला थारू, गेरुवा गाउपालिकाको प्रमुखमा बेहगराज थारू उपप्रमुखमा लीला थारू, मधुवन नगरपालिकाको प्रमखमा गणेश केसी उपप्रमुखमा सुभरानी थारूलाई सिफारिस गरिएको छ । गुलरिया नगरपालिकाको प्रमुखमा गेहेन्द्र ढकाल उपप्रमुखमा मिथिला फुयाल, बारबर्दिया नगरपालिकाको प्रमुखमा दुर्गा थारू र उपप्रमुखमा अन्जु दहितको नाम सिफारिस गरिएको छ । ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेत्र आचार्य उपप्रमुखमा कृष्णकुष्मा थारू, वासगढी नगरपालिकाको प्रमुखमा दिनाराम थारू उपप्रमुखमा भूमि विक, बढैयाताल गाउँपालिकाको प्रमुखमा लल्लुराम थारू र उपप्रमुखमा राधा आचार्यको नाम सिफारिस गरिएको छ । शनिवार सार्वजनिक गरिएको उम्मेदवारको नामावली प्रदेशमा पठाइएको र त्यही नामावली अन्तिम हुने नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष तिलक शर्मा हिमालले बताए ।

Bardiya

विशेष