मन्त्रिपरिषद् बैठक सरु
वैशाख – १० । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । निधारित समयभन्दा केही ढिलो गरि मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
मधेस केन्द्रित दलसँग शनिबार साँझ भएको सहमतिअनुसार संविधान संशोधनलगायतका विषयमा छलफल गर्न आइतबार बैठक बसेको हो । आइतबार विहान ११ बजे बैठक बस्ने भनिएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न ओली निवास बालकोट पुगेका थिए ।
सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिका बारेमा छलफल गर्न मन्त्रिपरिषद् अघि प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओलीसँग उनले संशोधन प्रस्ताव परिमार्जनसहित पास गर्ने तथा स्थानीय निकायको निर्वाचन दुई चरणमा गर्नेलगायतका बिषयमा छफल गरेका थिए ।
अध्यक्ष अाेली दुर्इ चरणमा निर्वाचन गर्नेमा सकारात्मक देखिएका छन् । तर, उनले प्रस्ताव हेरेर मात्र प्रतिक्रिया दिने बताए ।
सरकारले शनिबार राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालसँग गरेको सहमतिअनुसार चैत्र २९ मा संसदमा दर्ता गराएको ११ बुँदे संशोधन प्रस्तावमा परिमार्जन सहित फास्ट ट्रयाकमा अघि बढाउने तयारी गरेको छ । शनिबारको सत्तारुढ दल र मधेस केन्द्रीत दलबीचको पाँच घण्टा लामो बैठक प्रश्चात् मोर्चाले आफ्नो दुई वर्ष लामो आन्दोलनका सम्पूण कार्यक्रम फिर्ता लिइ चुनावमा जाने सहमति भएकोे थियो ।
शुक्रबार र शनिबार गरी पटक पटक भएको छलफलमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न मोर्चा सहमत भएको हो । सरकारले हिजो नै मोर्चासँग तीन बुँदे मौखिक सहमति गरेको छ । सहमतिअनुसार पहिलो चरणको निर्वाचन वैशाख ३१ गते तीन वटा प्रदेशमा हुने छ भने बाँकी प्रदेशको निर्वाचन जेठको अत्मि साता हुने छ ।
पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३,४ र ६ मा हुन लागेको हो । दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशमा हुने छ ।
मन्त्रिपरिषद्को बैठक