राजनीति

बाँकेमा एमाले उम्मेदवारकाे टुंगो लाग्याे

बाँकेमा एमाले उम्मेदवारकाे टुंगो लाग्याे
वैशाख - १० । एमालेले नेपालगन्ज उपमहानगरपालिकाबाहेक बाँकेका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । कोहलपुर नगरपालिकामा पूर्वगाविस अध्यक्ष लुटबहादुर रावतले नै मेयरको टिकट पाउनु भएको छ । उपमेयरमा पूर्व मुक्तकमैया कृष्णाकुमारी चौधरी एमाले उम्मेदवार हुनुभएको छ । वैजनाथ गाउँपालिकाकामा प्रमुख मानबहादुर रुचाल र उपप्रमुखमा शारदा बिक, खजुरा गाउँपालिकामा प्रमुखमा किस्मत कक्षपती र उपप्रमुखमा द्वन्द्वपीडित महिला एकमाया बिक उम्मेदवार हुनुभएको छ । डुडुवा गाउँपालिकामा पत्रकार सकिल अहमद खाँ प्रमुख र कृष्णावती पाण्डे उपप्रमुख, राप्ती सोनारी गाउँपालिकामा तुल्सीराम थारु प्रमुख र चमेली बागबल उपप्रमुख, जानकी गाउँपालिकामा रामनिवास यादव प्रमुख र भूमिसरा धिताल उपप्रमुख तथा नरैनापुर गाउँपालिकामा विक्रम यादव प्रमुख र सुनितादेवी यादव उपप्रमुखको उम्मेदवार चयन भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयररउपमेयरको निर्णय भने स्थायी कमिटीले निर्णय गर्ने छ ।

विशेष