अभिलेख

भारतमै मैले भने, ‘संसारको सबैभन्दा ठूलो कुनै युद्ध अपराधि छ भने त्यो नरेन्द्र मोदी नै हो’ (भिडियोसहित)

भारतमै मैले भने, ‘संसारको सबैभन्दा ठूलो कुनै युद्ध अपराधि छ भने त्यो नरेन्द्र मोदी नै हो’ (भिडियोसहित)


वैशाख– ११ । राजनीतिमा सटिक विश्लेषण र कतिपय नेताहरुलाई तिखो आलोचना गर्ने मानवअधिकारकर्मी तथा राजनीतिक विश्लेषक सुवोधराज प्याकुरेलले नेपालमा भारतले जासुसी र नेता खरिद गर्नका लागि सबैभन्दा बढी खर्च गर्ने बताएका छन् । उनको मतमा संसारकै राजदूतावासहरुमध्ये नेपालमा भएको भारतीय दूतावासले सबैभन्दा बढी खर्च गर्छ । नेपालमा रहेको दूतावासमा काम गर्ने भारतीय कर्मचारीले हिसाब देखाउन नपर्ने त्यस्तो खर्चको दूरुपयोग गरेर आफ्नो दुनो पनि सोझ्याउँछन् ।

त्यस्ता कर्मचारीले नै नेपालको राजनीतिलाई प्रभाव पारिरहेको प्याकुरेल बताउँछन् । उनी भन्छन्, ‘जबसम्म जासुसको हातबाट नेपाल भारत सम्बन्ध राजनीतिज्ञको हातमा पुग्दैन तबसम्म नेपालको हित हुँदैन ।’

‘नेपालमा संविधान जारी हुँदा भारतबाट नेपालमा बिहे गरेर आएका महिलाहरुको नागरिकता खारेज भयो भन्ने अफवाह फैलियो । म भारतमा एक पुरस्कार थाप्न जाँदा त्यहाँका विद्ववानहरुले पनि यहि भने । ’ प्रशंग सम्झिदै प्याकुरेलले भने, ‘मेरो दिमाग तात्यो । मैले बोल्ने बेलामा सुरुमै भने– यो संसारको सबैभन्दा ठूलो युद्ध अपराधि नरेन्द्र मोदी हो । नेपालमा नाकाबन्दी गर्नु कसरी संयुक्त राष्ट्र संघको शिद्धान्त विपरीत हो, कसरी अन्तर्राष्ट्रिय कानुन विपरीत हो र कसरी भारतकै संविधान विपरीत हो भन्ने कुरा मैले बेली विस्तार लगाएँ । १२ सय मानिस थिए हलमा । सबैले उठेर ताली बजाए ।’


नेपालमाथि भारतले अन्याय गरेको छ भन्ने कुरामा भारतकै बुद्धिजीबीहरुले महशुस गर्न थालेको प्याकुरेल बताउँछन् ।

नेपालको नयाँ संविधानले ४५ प्रतिशत महिलाहरुलाई नेतृत्वमा लैजादै छ । दलितलाई घर, रोेजगारी दिँदैछ । स्वास्थ्यको बीमा कार्यक्रम लागू हुँदैछ । यस्तो परिवेशमा नेपालको नागरिकता लिन भारतीयहरु आकर्षीत भएको चर्चा भारतमा हुने गरेको प्याकुरेल दाबी गर्छन् । भारतमा पासपोर्ट लिन ६ महिनादेखि वर्षदिन लाग्छ । त्यही पासपोर्ट नेपालमा १५ दिनमा बन्छ । यसकारण पनि नेपालको नागरिकतामा भारतीयको चासो बढी छ ।

नेपालका राजनीतिक दल र नेताहरुबारे टिप्पणी गर्नुपर्दा प्याकुरेलको नजरमा सबैभन्दा ठूला भिलेन चाहि बाबुराम भट्टराई हुन् । उनले भने, ‘नेपालको राजनीतिमा बाबुराम भट्टराई जस्ता मान्छेको कुनै स्थान हुन हुँदैन । बालकृष्ण ढुंगेलले केही दिन अघि मात्रै भएभरका सबै न्यायाधीशको फिला चिरिदिन्छु भने । तिनै ढुंगेललाई प्रधानमन्त्री हुँदा भट्टराई साथमा लिएर हिडने गर्थे । हामीले मान्छे मारेको हो सक्छौ भने पक्राउ गरेर देखाउ भन्ने पनि बाबुराम हुन् । निर्लज्जताको हद उनले पार गरेका छन् । यस्ता मान्छे राजनीतिमा नभएकै बेस । ’

subodh pyakurel

विशेष