राजनीति

शुल्क वृद्धिकाे विराेधमा विद्यार्थी सङ्गठनद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

शुल्क वृद्धिकाे विराेधमा विद्यार्थी सङ्गठनद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक
वैशाख - ११ । सयुक्त विद्यार्थी संगठनले निजी विद्यालयले अाफू खसी शुल्क बढाएकाे विराेधमा अान्दाेलनका कार्यक्रम सार्वजिनक गरेकाे छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले अभिभावकको ढाडसेक्नेगरी वृद्धि गरिएको शुल्क सरकारले फिर्ता गराउन बेवास्ता गरेकाले आन्दोलन गर्नुपरेको बताइन्। 'हामीले तीन दिनभित्र वृद्धि शुल्क फिर्ता गर्न आग्रह गरेका थियौँ तर सरकारले शुल्क फिर्ता गर्न सकिएन'– अध्यक्ष लामाले भनिन्, 'त्यसैले बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको हो ।' उनका अनुसार बुधबार देशभरिका जिल्ला शिक्षा कार्यालयमा घेराउ गर्ने, बिहीबार चर्को शुल्क लिने निजी शैक्षिक संस्थाको लेखा र प्रशासनमा तालबन्दी गर्ने र शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनको केन्द्रीय र जिल्ला कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम छ । यसैगरी आन्दोलनका अवधिमा संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट स्कुलको शुल्क अनुगमन पनि गर्ने उनले जानकारी गराइन्। यस्तै बैठकले त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते सम्पन्न गर्न नसकेका क्याम्पसमा स्ववियु निर्वाचन जेठ मसान्तपछि गर्ने त्रिविलाई आग्रह गर्ने निर्णय गरिएको छ । स्नातकोत्तर तहमा लागू भएको सेमेस्टर प्रणालीलाई अझ समृद्ध र सहज बनाउनका लागि पनि त्रिविलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरिएको छ । बैठकमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु क्रान्तिकारीका सचिवालय सदस्य डिबी साउद, अनेरास्ववियु पाँचौँका अध्यक्ष धनश्याम मिश्र, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजु, नेत्रविक्रम चन्द निकट अखिल क्रान्तिकारी महासचिव दीपेन्द्र चलाउने, अखिल छैटौँका अध्यक्ष विमल पोखरेललगायत सहभागिता थियो ।

विशेष