राजनीति

मकवानपुरमा एकीकृत सुरक्षा एकाइ खडा गरिने

मकवानपुरमा एकीकृत सुरक्षा एकाइ खडा गरिने
वैशाख ११ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाबाट पाँच सय ३० जनप्रतिनिधि निर्वाचित हुने भएका छन् । जिल्लामा आठ गाउँपालिका, एक नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा दुई सय ९५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा दुई लाख २७ हजार सात सय ५९ मतदाता छन् । एकीकृत सुरक्षा एकाइ खडा गरी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न उच्च प्राथमिकताका साथ सुरक्षासम्बन्धी काम भइरहेको प्रजिअ नारायणप्रसाद शर्मा दुवाडीले बताए । निर्वाचन प्रक्रिया सञ्चालनका लागि उपमहानगरपालिका–२ स्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यसैबीच निर्वाचन आयोग काठमाडौँबाट मतदान केन्द्रका लागि आवश्यक पर्ने निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमा आइपुगेको छ ।

स्थानीय तहको निर्वाचन

विशेष