आयोगले सार्वजनिक गर्यो २ चरणको निर्वाचन कार्यतालिका, यस्तो तालिका

वैशाख १२ । निर्वाचन आयोगले सरकारको निर्णयलगत्तै दोस्रो चरणको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले साेमवार पत्रकार सम्मेलन गरी आयोगको तर्फबाट दुई चरणमा निर्वाचन हुने औपचारिक जानकारी दिँदै तालिका सार्वजनिक गरेका हुन् ।
दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ मा हुने जेठ ३१को निर्वाचनका लागि निर्वाचन आयोगले अन्य सबै प्रक्रिया अगाडि नै सकिने भन्दै उम्मेद्वारको मनोनयन दर्ताका लागि जेठ १९ गतेको मिति तोकेको छ । आयोगले जेठ २२ गते उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका बनाएको छ ।
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा खटाइएका मुख्य निर्वाचन अधिकारी र निर्वाचन अधिकारीहरुको जिम्मेवारी भने यस अघि तोकिएको नै कायम रहने जनाएको छ ।
Nirbachan ayog
