राजनीति

बजेटपछिको निर्वाचनमा एमालेको गम्भीर असहमति, आयोगको ध्यानाकर्षण गराउने

बजेटपछिको निर्वाचनमा एमालेको गम्भीर असहमति, आयोगको ध्यानाकर्षण गराउने
वैशाख – १२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटभन्दा पछि दोस्रो चरणको स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयप्रति गम्भीर असहमति जनाएको छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैकले सरकारको निर्णयप्रति असहमति जनाउँदै निर्वाचन आयोगको ध्यानकर्षय गराउने निर्णय गरेको हो । ‘सिंगो मुलुक वैशाख ३१ गतेको निर्वाचनको तयारीमा जुटिरहेको बेलामा निर्वाचनलाई नै अनिश्चयतिर धकेली मुलुकलाई अस्थिरतातिर लैजाने दूराशयपूर्ण उद्देश्यसहित निर्वाचनलाई दुई चरण गर्ने नाममा निर्वाचन आयोगबाटै जारी आचारसंहिता उल्लंघन भएको छ’, एमालेका प्रवक्ता योगेश भट्टराईले निकालेको विज्ञप्तीमा भनिएको छ । सरकारले वैशाख ३१ गते पहिला चरणको निर्वाचन सम्पन्न गर्ने, जेठ १५ गने बजेट ल्याउने र जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको थियो । संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै निर्वाचनलाई प्रभावित गर्ने गरी प्रस्तुत भएका निर्वाचनसम्बन्धी कार्यक्रममा एमालेले असहमति जनाएको हो । एमालेले आन्दोलनका सहयात्री दलहरूबीचमा न्यूनतम सहमति निर्माण गर्दै मुलुकलाई अग्रगामी दिशा दिनुपर्ने कुरातर्फ बेवास्ता गरी सरकारले ल्याएको संशोधन विधेयक तत्काल फिर्ता गर्न पनि सरकारलाई आग्रह गरेको छ । एमालेको उच्चस्तरीय प्रतिनिधि मण्डलले आजै निर्वाचन आयोगसमक्ष औपचारिक ध्यानाकर्षण गराउने बताएको छ ।

UML

विशेष