राजनीति

एमाले प्रतिष्पर्धी राजनीतिक दलप्रति असहिष्णु - कांग्रेस

एमाले प्रतिष्पर्धी राजनीतिक दलप्रति असहिष्णु - कांग्रेस
वैशाख - १२ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेलाई नेपाली कांग्रेसले प्रतिष्पर्धी राजनीतिक दलहरुप्रति असहिष्णु र आक्रमक भएको आरोप लगाएको छ । मंगलबार नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित घोषणापत्र जारी गर्दै एमालेप्रति आक्रोश व्यक्त गरेको हो । अहिले संसद्मा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान निर्माणको बेलादेखि नै आफ्नो प्रतिष्पर्धी राजनीतिक दलहरुप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रह्यो । घोषणा पत्रमा भनिएको छ । गुटगत राजनीतिक भागबण्डा खोज्ने प्रवृत्तिद्वारा एमालेले पटक पटक असहयोगी र अवसरवादी राजनीतिक चरित्र देखाएको घोषणापत्रमा बताइएको छ । कांग्रेसले मधेस अन्दोलन पनि एमालेकै करण उठेक बताएको छ । एमालेको अतिवादी राजनीतिक अडानले तराई मधेसको आन्दोलन झनै चर्को बन्दै गएको घोषणापत्रमा उल्लेख गरिएको छ । एमालेको वर्तमान नेतृत्वको अदुरदर्शी अडानले संविधान संशोधनको प्रक्रिया र सहमतिको राजनीति जोखिममा बढेको कांग्रेसको अरोप छ ।

Nepali Congress

विशेष