राजनीति

पूर्व माओवादी लडाकु विष्ट भन्छन्– ‘प्रचण्डबाट जस्तै बाबुरामबाट पनि आस मर्यो’

पूर्व माओवादी लडाकु विष्ट भन्छन्– ‘प्रचण्डबाट जस्तै  बाबुरामबाट पनि आस मर्यो’
वैशाख - १२ । नयाँ शक्ति नेपालले मधेसी जनअधिकार फोरमको चुनाव चिन्ह मशाल लिएर निर्वाचनमा आउने पक्का भएपछि पूर्व लडाकुहरुले विरोध जनाएका छन् । बर्हिगर्मित जनमुक्ति सेना नेपालले मशाल चिन्हले बाबुराम भट्राईलाई खरानी बनाएर सिध्याउने जनाएको छ । ‘पुष्पकमल दालाह प्रचण्डले अयोग्य लडाकुहरुको समास्या समाधान नगरिकन सत्तामा लिप्त भएकाले उनी लाल गद्धार हुन् । डा बाबुराम भट्टरार्इसँग केही आस थियो उनी पनि मशाल समातेर खरानी हुने भए ।’ नेपाल आजसंग कुरा गर्दै बर्हिगर्मित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले भने । बर्हिगमित जनमुक्ति सेना नेपाल अयोग्य ठहर्याएका पूर्व माओवादी लडाकुहरुको संगठन हो । यो संगठनले अयोग्य भनेर निकालिएका पूर्व लडाकुहरुको व्यावस्थापनको लागि बिगत लामो समयदेखि आवाज उठाउदै आएको छ ।

विशेष