देश राजनीति

जाजरकोटमा प्रमुख दलले स्थानिय तहका उम्मेदवारको टुङ्गो लगाए

जाजरकोटमा प्रमुख दलले स्थानिय तहका उम्मेदवारको टुङ्गो लगाए
बैशाख - १२ । स्थानीय तहकाे चुनावका लागि जाजरकोटका प्रमुख दलहरूले स्थानिय तहको उम्मेदवार टुंगो लगाएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख तथा उपप्रमुख लगायत अन्य पदका उम्मेदवार तोकेका हुन् । कांग्रेसले भेरी नगरपालिका प्रमुखमा सनत कुमार कार्की र उपप्रमुखमा धनाकुमारी चपाई, त्रिवेणी नलगाड नगरपालिकाको प्रमुखमा प्रकाश पन्त र उपप्रमुखमा धनमाया शाही तथा छेडागार नगरपालिका प्रमुखमा रत्नबहादुर खडका र उपप्रमुखमा रेश्मा शाही उम्मेदवार बनाउने निर्णय गरेको छ । बारेकोट गाउँपालिका प्रमुखमा महेन्द्रबहादुर शाह र उपप्रमुखमा कालु ज्योति, शिवालय गाउँपालिका प्रमखमा खड्क बीसी र उपप्रमुखमा गीताकुमारी शाही, जुनीचाँदे गाउँपालिका प्रमुखमा सर्पराज रावत र उपप्रमुखमा तुलसीदेवी बस्नेत तथा कुशे गाउँपालिकाको प्रमुखमा हरिचन्द्र बस्नेत र उपप्रमुखमा रामछाया शाहीलाई उम्मेदवार तोकेको नेपाली काँग्रेसका जिल्ला सभापति दीपक जंग शाहले बताए । त्यस्तै, एमालेले भेरी नगरपालिकाको प्रमुखमा सिपी घर्तीमगर र उपप्रमुखमा देवी नेपाली, त्रिवेणी नलगाड नगरपालिका प्रमुखमा नवेन्द्र नेपाली र उप्रमुखमा सुनिता बोहरा, छेडागाड नगरपालिका प्रमुखमा लालबहादुर महतारा र उपप्रमुखमा सरिता वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारेकोट गाउँपालिकाको प्रमुखमा मिमबहादुर सिंह र उपप्रमुखमा गीता सिंह, शिवालय गाउँपालिका प्रमुखमा नरेन्द्रबहादुर शाही र उपप्रमुखमा कुमारी थापा तथा जुनीचाँदे गाउँपालिका प्रमुखमा वेदबहादुर शाही र उपप्रमुखमा अम्बा शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष करवीर शाहीले जानकारी दिए । त्यसैगरी माओवादी केन्द्रले भेरी नगरपालिका प्रमुखमा ढकवीर राना र उपप्रमुखमा पार्वती विक, त्रिवेणी नलगाड नगरपालिका प्रमुखमा टेकबहादुर रावल र उपप्रमुखमा बालकुमारी बस्नेत तथा छेडागार नगरपालिका प्रमुखमा चन्द्रबहादुर थापा र उपप्रमुखमा धर्मशिला बस्नेतलाई टिकट दिने निर्णय गरेको छ । बारेकोट गाउँपालिको प्रमुखमा तिलक रावत र उपप्रमुखमा उमा शाही, कुशे गाउँपालिका प्रमुखमा जनकराज गौतम र उपप्रमुखमा अम्बिका बस्नेत, जुनीचाँदे गाउँपालिकाको प्रमुखमा कृष्णबहादुर केसी र उपप्रमुखमा शिवा आचार्य तथा शिवालय गाउँपालिकाको प्रमुखमा लालबहादुर थापा र उपप्रमुखमा लक्ष्मी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादीका जिल्ला ईन्चार्ज गणेश सिहले जानकरी दिए । सवै प्रमुख दलले वडाका उम्मेदवारको समेत टुङ्गो लगाएको जनाएका छन् । टिकटको टुङ्गोसँगै उम्मेदवारहरु भोट माग्न गाँउ पसेका छन् । उम्मेदवारले पर्चा पम्पलेट, ब्यानर, चुनावी नारा, अपील निकाल्दै जनता सँग भोट दिन आग्रह गरेका छन् । सवै उम्मेदवारका चुनावी नारा विकास, सुसासन र नमुना स्थानिय तह बनाउने भनि उल्लेख गरेका छन् । टिकट नपाएकाहरुका लागी भने असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् । फेसबुक वाल मार्फत उनीहरुले असन्तुष्टि जाहेर गर्न थालेका छन् ।

विशेष