महानिर्देशक बनाउन देउवाका सालाको मोलमलाई
वैशाख–१३ । सडक विभागको महानिर्देशक खाली हुने भएपछि अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साला भूषण राणाले चलखेल सुरु गरेका छन् । वरिष्ठलाई लत्याएर अहिले सडक विभागकै उपमहानिर्देशकद्वय रवीन्द्रनाथ श्रेष्ठ र सरोजकुमार प्रधानलाई महानिर्देशक बनाउँछु भन्दै राणाले मोलमलाई सुरु गरेको बुझिएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा वैशाख ९ गते अवकालश भएपछि खाली रहेको सचिवमा सडक विभागका महानिर्देशक देवेन्द्र कार्की वरिष्ठताका आधारमा स्वतः बढुवा हुन लागेछन् । उनी बढुवा भएपछि खाली हुने सडकको महानिर्देशकका लागि देउवाले नांगो तरिकाले चलखेल सुरु गरेको बताइन्छ । भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक भए पनि उक्त मन्त्रालय आरजु राणाले चलाउने गरेको बताइन्छ । उनै आरजुको आडमा राणाले महानिर्देशक बनाइदिनु भन्दै उपमहानिर्देशक श्रेष्ठ र प्रधानसँग मोलमलाई सुरु गरेको बुझिएको छ । –बुधबार साप्ताहिकबाट