राजनीति

शीर्ष बैठकमा ओली र देउवाको भनाभन

शीर्ष बैठकमा ओली र देउवाको भनाभन

वैशाख १४ । वानेश्वरमा भएको एमालेसहित सत्तारूढ दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच चर्काचर्की भएको छ ।

संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्रीसहित बसेको बैठकमा भनाभन भएको खबर आजको नयाँ पत्रिकामा छापेको छ । ओली स् निर्वाचन मिति तपाईंहरू आफैँले घोषणा गरेको होइन रु देउवाजी आफैँले निर्वाचन एक चरणमा गर्ने, त्यो पनि वैशाखमै गर्ने भनेपछि ३१ वैशाखमा मिति घोषणा भएको होइन रु त्यो मिति हामीले घोषणा गरेको हो र ?

तपार्इंहरूकै सहमतिका आधारमा आफैँले निर्वाचन मिति घोषणा गरेको होइन र? अहिले किन अल्झिरहेको ? के निर्वाचन गर्न नचाहेको हो ?

देउवा

 निर्वाचन नगर्ने वातावरण त तपाईंहरूले बनाइरहनुभएको छ । हामी निर्वाचन गर्न लागिरहेका छौँ, तर तपाईं आफैँले निर्वाचन हुन दिइरहनुभएको छैन । किन विवाद मात्रै झिक्नुहुन्छ रु प्रधानमन्त्री स् सरकारले सबै पक्षलाई समेटेर लैजान स्थानीय तहको संख्या पुनरावलोकन गर्न खोजेको हो । त्यही भएर दुई चरणमा निर्वाचन गर्न खोजेका हौँ । संवादमार्फत सबै विषयमा सहमति खोजौँ, मुलुकलाई अल्झाउने काममा कुनै दल पनि नलागौँ ।

ओली

 कसरी हुन्छ यसरी निर्वाचन रु तपाईंहरूको चालबाजीले त निर्वाचन नहुने देखिँदै छ । निर्वाचनको मुखैमा स्थानीय तहको संख्या थप गरेर कसरी हुन्छ निर्वाचन रु तपाईंहरू निर्वाचन गराउनै चाहिरहनुभएको छैन ।

देउवा

स्थानीय तहको संख्यामा किन अडान लिइरहनुभएको छ र तपाईंहरूको अडानका कारण संविधान संशोधन अगाडि बढ्न सकिरहेको छैन । किन रोक्नुभएको हो

ओली

अहिले संविधान संशोधन गर्ने, स्थानीय तहको संख्या थप गर्नेभन्दा पनि निर्वाचन गर्ने वेला हो । संशोधनलगायतका सबै विषय छोडिदिनुस् । निर्वाचनमा मात्र ध्यान दिनुस् । हामी अहिले संशोधन हुन दिँदैनौँ, संसद्बाट पारित हुन पनि दिँदैनौँ ।

प्रधानमन्त्री

तपाईंहरूको हठ पनि धेरै भयो । यसरी समस्या समाधान हुँदैन । यस्तै हो भने हेर्दै जानुहोला, हामी संसद्मा दुईतिहाइ बहुमत पुर्याएरै संविधान संशोधन गरेर देखाइदिन्छौँ ।

नयाँ पत्रिका

विशेष