राजनीति

रञ्जुलाई अमेरिकाका २१ वर्षीय मेयरले दिए शुभकामना (भिडियोसहित)

रञ्जुलाई अमेरिकाका २१ वर्षीय मेयरले दिए शुभकामना (भिडियोसहित)

बैशाख १४ । काठमाडौँमा २१ वर्षीय रञ्जु दर्शनाले मेयरको पदमा प्रमुख उम्मेद्वारी दिएपछि उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ । ती शुभकामनामध्ये खास रहेको छ अमेरिकाका २१ वर्षीय मेयरको शुभकामना ।

वासिङटन डिसी अमेरिकाको टाउन अफ इण्डियन हेड सिटीका नगर प्रमुख (मेयर) ले रञ्जुलाई भिडियोमार्फत विजयको लागि शुभकामना दिएका हुन् । अमेरिकाको मेरिल्याण्ड कार्यालयमा बसेको बैठकको समापन पछि त्यहाँका नगर प्रमुख ब्रानडन पलिन, नेपाली मूलका उपनगर प्रमुख किरण सिटौला तथा नगर परिषद सदस्य कर्टिस स्मिथले एकैसाथ नेपाली टोपी लगाएर शुभकामना दिएका थिए ।

नगर प्रमुख पलिनले आफू पनि २१ वर्षीय रहेको र रञ्जु पनि २१ वर्षमा मेयरका लागि उम्मेद्वारी दिएका कारण शुभकामना व्यक्त गरेका हुन् । नेपाली मूलका अर्का उप नगर प्रमुख रहेका किरण सिटौला अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका थिए । जीवनको इतिहास कोर्दै उनी सन् २०१५ मा मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटिका उप नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

किरणले पनि अमेरिकाजस्तो देशमा १९ वर्षमा पलिनले नेतृत्व सम्हाल्ने आँट गरे भने नेपालमा पनि त्यो सम्भव भएको टिप्प्णी गरेका छन् । यसका साथै उनले आफूले रञ्जु दर्शनामा अपार सम्भावान देखेको पनि बताएका छन् । रञ्जुको क्षमता र पारदर्शिताको बयान गर्दै उनले अब युवाशक्तिलाई विश्वास गर्नुपर्नेमा जोड दिएका छन् ।

विशेष