राजनीति

राजपाले चेतावनी दिएलगत्तै प्रधानमन्त्री दाहालले छलफलका लागि बोलाए बालुवाटार

राजपाले चेतावनी दिएलगत्तै प्रधानमन्त्री दाहालले छलफलका लागि बोलाए बालुवाटार

वैशाख १४ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका छन् ।

[caption id="attachment_41839" align="aligncenter" width="750"] फाइल तस्विर[/caption]

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको बैठकमा राजपाको अध्यक्ष मण्डलका महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झा लगायत नेता सहभागी छन् ।

सरकारले मधेसी मोर्चासँगको सहमति तोडेर स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएपछि आन्दोलनमै फर्किने राजपाका नेताहरुको चेतावनीपछि प्रधानमन्त्री दाहालले नेताहरुसँग छलफल गरेका हुन् ।

बैठकमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई पनि बोलाईको तर पार्टीबाट कोही पनि सहभागी नभएको प्रधानमन्त्री दाहालको निजी सचिवालयले जनाएको छ । यसबारेमा छलफल गर्न राजपाको अध्यक्ष मण्डलको बैठक आजै बस्दैछ ।

विशेष