हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन खाजेको भन्दै ओलीले दिए दनक (भिडियोसहित)
वैशाख–१४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने खेल भइरहेकोले संविधान संशोधनमा एमालेको साथ नहुने बताएका छन् ।
एमालेले विरोध गर्छ भन्ने थाहा पाएर प्रमुख प्रतिपक्षीसँग सल्लाह नै नगरी हिन्दी भाषा घुसाउन खोजिएको अध्यक्ष ओलीले आरोप लगाए । धुम्बराहीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘अरु सकेर हिन्दी प्रवेश गराउने यो प्रपञ्चको एमालेले कहिले पनि समर्थन गर्दैन । निर्वाचन गराउने बहानामा यस्ता कुकृत्य एमालेले सहेर पनि बस्दैन ।’ अध्यक्ष ओलीले पहाड र तराई छुट्टयाउने गरी संशोधन विधेयक आएको बताए । देश टुक्रयाउने नियतले ल्याइएका संशोधन एमालेले विफल पार्ने चेतावनी पनि दिए ।
KP Sharma Oli