राजनीति

बालुवाटार पुगेर राजपा नेताले भने अब असहमति हट्यो

बालुवाटार पुगेर राजपा नेताले भने अब असहमति हट्यो
वैशाख १४ । सरकार र मधेसी मोर्चा प्रमुख विपक्षी दल नेकपा एमालेसहितको सहमतिमा स्थानीय तहको संख्या बढाउन सहमत भएका छन् । एमालेले लगातार संसद अबरुद्ध गरेपछि सरकारले स्थानीय तहको संख्या पुनरावलोकनका लागि ११ जिल्लामा गरेको परिपत्र फिर्ता लिएको थियो । यसले स्थानीय तहको संख्या बढाउने आफूहरुसँगको सहमति तोडिएको मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टी नेपालको आशंका थियो । बिहीबार बालुवाटारमा भएको छलफलमा आफूहरुको असमझदारी हटेको राजपा नेपालका नेताहरुले बताएका छन्  ।  बैठकमा एमालेसहितको सहमतिमा स्थानीय तहको संख्या बढाउने सहमति भएको छ ।

विशेष