राजनीति

प्रतिव्यक्ति अाय २ हजार डलर पुर्याउँछौँ - उपाध्यक्ष गाैतम 

प्रतिव्यक्ति अाय २ हजार डलर पुर्याउँछौँ - उपाध्यक्ष गाैतम 
वैशाख - १४ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो दलले पूर्वाधार विकासका साथ आर्थिक विकासको गतिविधि बढाई नेपालीको प्रतिव्यक्ति आय दुई हजार डलर पुर्याइने जिकिर गरेका छन् । स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले विहीबार आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको दोस्रो सत्रमा उनले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थतन्त्र प्राप्तिका लागि मुलुकमा पाउन सम्भावना भएका युरेनियम (मुस्ताङ), पेट्रोलियम पदार्थ (दैलेख), फलामखानी (नवलपरासी), बहुमूल्य पत्थर लगायत स्रोत साधनको बहुत उपयोग गरिने बताए । सो अवसरमा महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टीलाई बाहिर राखेर संविधानमा सर्वस्वीकार्य हुन नसक्ने बताउँदै विधि र प्रक्रियाबाट बनेको संविधान समयसापेक्ष परिमार्जित हुँदै जाने बताए । दीर्घकालमा हिन्दी भाषालाई सरकारी काम कारबाहीको भाषाका रुपमा महत्व दिनका लागि अहिलेदेखि नै गृहकार्य भइरहेको आरोप पनि उनले लगाएका छन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले स्थानीय तहको निर्वाचनमा मिडिया परिचालनसम्बन्धी अवधारणा प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न सक्दो उपयोग गरिने बताए । कार्यक्रममा देशभरबाट करिब तीन सय प्रतिनिधि सहभागी थिए ।

bamdev gautam

विशेष