राजनीति

प्रधानमन्त्री दाहालले बोलाए सर्वदलिय बैठक, यस्तो छ एजेण्डा

प्रधानमन्त्री दाहालले बोलाए सर्वदलिय बैठक, यस्तो छ एजेण्डा
[caption id="attachment_66302" align="alignnone" width="960"] फाइल तस्विर[/caption]

वैशाख १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएका छन् ।

आज तीन बजे बोलाइएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै प्रधानमन्त्रीले छलफल आयोजना गरेको सचिवालयका एक सदस्यले भने ।

बैठकमा सत्तारुढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको जनाइएको छ ।

baithak

विशेष