विचित्र विश्व

५० घण्टा कार चुम्बन गरेर एक महिलाले प्राप्त गरिन किया अप्टिका एलएक्स कार

५० घण्टा कार चुम्बन गरेर एक महिलाले प्राप्त गरिन किया अप्टिका एलएक्स कार

अमेरिकामा कार चुम्बन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा पैसा खर्च गर्नु थिएन, केवल चुम्बन गरे पुग्दथ्यो । त्यो पनि लगातार ५० घण्टा ।

उक्त प्रतियोगिता जितिन् ३० वर्षकी दिलिनी जयसूर्याले । ती महिलाले यो सावित गरिन् की यदि कुनै कुराको अठोट लिनेहो भने असम्भव भन्ने केही छैन ।

नियमानुसार जसले अन्तिम समयसम्म कारलाई चुम्बन गर्दथ्यो उहीँ विजेता बन्दथ्यो र कार चुम्बन गरेको कार पुरस्कार पाउँथ्यो । अमेरिकाको टेक्सासको अस्टिनमा भएको हो यो अनौठो प्रतियोगितामा कारलाई ५० घण्टासम्म चुम्बन गरेर जयसूर्याले किया अप्टिमा एलएक्स कार जितिन् ।

अस्टिनको किस एफ एमले उक्त अनौठो प्रतियोगिताको आयोजना गरेको थियो । २० जना प्रतियोगीले कारलाई चुम्बन गर्ने प्रतियोगितामा भाग लिए । तर धेरै प्रतियोगी केही बेरमै थाके । पहिलो ७ घण्टासम्म त उक्त प्रतियोगिताको लाइभ प्रशारण नै गरिएको थियो ।

यस्तो अनौठो प्रतियोगिता अस्टिनमा पहिलोपटक भएको होइन । चीनमा सन् २००७ देखि नै चेभ्रोलेटले यस्तै प्रतियोगिता गर्ने गरेको छ । अमेरिकाको मिचिगनमा सन् २०१२ मा भएको यस्तै प्रतियोगितामा एक व्यक्तिले लगातार ७० मिनेटसम्म कारलाई चुम्बन गरेर सेडान कार जितेका थिए ।

विशेष