विचित्र विश्व

३७ वर्षको उमेरमा ३८ वटा बच्चा !

३७ वर्षको उमेरमा ३८ वटा बच्चा !

युगान्डाकी एक महिलाले ३७ वर्षको उमेरमा ३८ वटा बच्चालाई जन्मदिइसकेकी छिन् ।

‘प्रभुको लीला अपरम्पार’ भन्ने भनाई सायद यस्तै घटनालाई हेरेर भनिएको होला । १३ वर्षकै उमेरमा आमा बनेकी युगान्डाको मुकोनो जिल्लाको कबिम्बिरी गाउँमा बस्ने मरियम नबातान्जी नाम गरेकी महिलाले ३७ वर्षकी हुँदासम्म ३८ वटा बच्चा जन्माइसकेकी छिन् ।

सानै उमेरमा विवाह भएपछि नबातान्जीले १३ वर्षको उमेरमै पहिलो बच्चा जन्माइन् । अहिले उनलाई गाउँका सबैले बच्चा जन्माउने मेसीन भन्ने गर्छन् । ६ पटक जुम्ल्याहा, ४ पटक तिम्ल्याहा र तीन पटक चम्ल्याहा बच्चा जन्माएकी नबतान्जीले केवल दुईपटकको गर्भमा मात्र एक एकवटा बच्चा जन्माएकी थिइन् ।

यसरी असंख्य रुपमा बच्चा जन्माउनुसको कारण मरियमको प्रजनन क्षमता वास्तावमै वंशाणुगत नै रहेको पत्ता लाग्यो । उनका बाबुले पनि विभिन्न महिलाहरुबाट गरि ४५ बच्चाका बाबु बनेका रहेछन् ।

उनले आफ्नो परिवार नियोजनका लागि डाकटरसँग सल्लाह पनि गरेकी थिइन् । तर, उनको शरीरमा धेरै डिम्ब उत्पादन हुने पत्ता लागेपछि डाकटरहरुले नै उनलाई परिवार नियोजन नगर्न सल्लाह दिए । यदि उनी आमा नबनेको भए उनको ज्यानलाई नै खतरा हुनसक्ने रहेछ । यस्तो हुनुपर्ने हो तर उनलाई खासमा गलत सल्लाह दिइएको रहेछ ।

मरियमको पहिलो बच्चा अहिले २३ वर्षका छन् । तर ती छोराले विगत १० वर्षदेखि आफ्ना बाबुको मुख देख्न पाएका छैनन् । लोग्नेले छोराछोरी हुकाउन मरियमलाई सहयोग नै नगरेपछि उनका अन्य बच्चाहरुले पनि बाबुको मुख देखेका छैनन् ।

विशेष