राजनीति

भरतपुर महानगरकाे मेयरकाे उम्मेदवारमा प्रचण्ड पुत्री रेणु

भरतपुर महानगरकाे मेयरकाे उम्मेदवारमा प्रचण्ड पुत्री रेणु
वैशाख - १५ । नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तहको निर्वाचनमा चितवनबाट हुने उम्मेदवारको नाम सार्वजनिक गरेको हो । भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा सुरेन्द्र गुरुङलाई पार्टीले उम्मेदवार बनाएको छ । दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एव्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरी हुन् । यसैगरी रत्ननगर नगरपालिकाको प्रमुखमा पूर्णबहादुर अम्गाइ र उपप्रमुखमा सङ्गीता भट्टराई, खैरहनी नगरपालिकाको प्रमुखमा एकराज डल्लाकोटी र उपप्रमुखमा रेवती उप्रेती, राप्ती नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामा, माडी नगरपालिकाको प्रमुखमा ठाकुरप्रसाद ढकाल र उपप्रमुखमा सरिता महतो, कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामालाई उम्मेदवार बनाइएको छ । त्यसैगरी जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमासावित्री सिलवाललाई उम्मेदवार बनाएको छ । सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख पदकी उम्मेदवार दाहालले २० वर्षपछि आफ्नो गृहजिल्ला चितवन फर्किएको बताइन् । आफूलाई प्रचण्डपुत्रीका रुपमा मात्रै नहेरेर रेणु दाहालका रुपमा हेर्न आग्रह गरिन् । 'रेणु दाहाल प्रचण्डपुत्री मात्रै होइन, आफैँमा रेणु दाहाल हो', उनले भनिन् । प्रवेशिका परीक्षा दिँदा दिँदै १० वर्ष जनयुद्धमा होमिएको बताउँदै उनले पार्टीबाट काठमाडौँ जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरेको पनि बताइन् । उनले अनेमसङ्घ क्रान्तिकारीको महासचिवको रुपमा रहेर नेतृत्व गरिरहेकी छन् । पार्टीको पोलिटब्यूरो सदस्यको रुपमा काम गरिरहेको तथा संविधानसभामा समानुपातिक सांसद भएर भूमिका खेलेको धारणा व्यक्त गरिन् । चुनावको लागि मात्रै आफू चितवन नआएर अबको आफ्नो राजनीति चितवनबाटै गर्ने पनि उनले बताएकी छन् । कार्यक्रममा ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य एवम् चितवन जिल्ला निर्वाचन परिचालन समितिका संयोजक नारायण दाहालले उम्मेदवारको टुङ्गो लगाएसँगै आजबाट अन्य दलहरुसँग तालमेलका विषयमा छलफल अगाडि बढाउने बताए । नेकपा (माओवादी केन्द्र)ले यसअघि नै जिल्लाका सबै वडा अध्यक्ष र सदस्यको टङ्गो लगाएर सार्वजनिक गरिसकेको छ ।

Renu Dahal

विशेष