राजनीति

सेना परिचालन गर्ने सरकारको निर्णयप्रति अध्यक्ष यादवको गम्भीर ध्यानाकर्षण

सेना परिचालन गर्ने सरकारको निर्णयप्रति अध्यक्ष यादवको गम्भीर ध्यानाकर्षण
वैशाख – १५ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न स्थानीय निर्वाचनको सुरक्षाका लागि नेपाली सेना खटाउने सरकारको निर्णयप्रति गम्भीर ध्यानकर्षण भएको बताएको छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारको निर्णयप्रति ध्यानकर्षण भएको जानकारी दिएका हुन् उनले दुई चरणमा मतदानका क्रमममा पहिलो चरणको मतदानको मत परिणामले दोस्रो चरणको परिणामलाई प्रभावित पार्ने भन्दै आपत्ती जनाएका हुन् । ‘पहिलो चरणको निर्वाचनको परिणामले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्छ’, उनेले भनेका छन्,‘यसले सामाजिक मनोविज्ञानलाई पनि असर गर्ने भएकाले मिति सारेर भए पनि एकै चरणमा निर्वाचन गरिनुपर्छ ।’ देशको आन्तरिक मामिलामा परिचालन गर्दा सेनाको गरिमा, प्रतिष्ठा र वर्षौँदेखि रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने भएकाले स्थानीय निर्वाचनमा सेना खटाउने निर्णय आपत्तिजनक रहेको यादवले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारबाट भएको सेना खटाउने निर्णय तत्काल फिर्ता लिन पनि उनले भाग गरेका छन् ।

upendra yadav

विशेष