राजनीति

जेष्ठ नागरिकलाई ५ हजार भत्ता, ५ लाख युवालाई रोजगारीः एमालेको घोषणा पत्र

जेष्ठ नागरिकलाई ५ हजार भत्ता, ५ लाख युवालाई रोजगारीः एमालेको घोषणा पत्र
वैशाख – १५ । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणा पत्र स्थायी कमिटीको वैठकबाट सुझावसहित पारित गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलपछि पार्टीले सो घोषणा पत्र पारित गरेको हो। एमालेले तयार पारेको घोषणा पत्रमा पार्टीले वार्षिक चारदेखि पाँच लाखसम्म रोजगारी दिलाउनुका साथै बृद्ध भत्ता पनि मासिक ५ हजार रुपैयाँ र्पुयाउने उल्लेख छ । देशमा गरिबी र बाह्य चलखेल सहन नसकिने र मुलुकले एमालेको नेतृत्वमा छोटो समयमै आर्थिक समृद्धिसमेत हाँसिल गर्ने घोषणापत्रमा उल्लेख छ । स्थानीय समितिले पारित गरेको सो घोषणा पत्रको भाषा सम्पादन गरी छपाइमा पठाउनका लागि तीन सदस्य सम्पादन समिति गठन गरेको छ । घोषणा पत्रको भाषा मिलाउने जिम्मेवारी भिम रावल, प्रदिप ज्ञवाली र सुरेन्द्र पाण्डेलाई दिइएको छ । एमालेले स्थानीय तहलाई बलियो बनाउने, आर्थिक विकास अगाडि बढाउने र सामाजिक समानता कायम गर्ने विषयमा केन्द्रित छ। एमालेले सो घोषणापत्र आइतबार एक कार्यक्रम गरी जारी गर्ने छ ।

UML

विशेष