राजनीति

संशोधन प्रस्तावमा छलफल आज, दुई तिहाइकालागि ३ मत आवश्यक

संशोधन प्रस्तावमा छलफल आज, दुई तिहाइकालागि ३ मत आवश्यक

वैशाख १७ ।  सरकारले फास्ट ट्र्याकबाट पारित गराउने प्रयास गरिरहेको संविधान संशोधन विधेयकमा सत्ता गठबन्धन र मधेसी मोर्चाका पाँच सांसदको संयुक्त, एमालेका करिब तीन दर्जन, नेमकिपा र मालेका सबै सांसद र साना दलका सांसदले छुट्टाछुट्टै ५० वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संसद्को विधेयक शाखामा संशोधनको समय शनिबार राति साढे दश बजेसम्म यो संख्यामा प्रस्ताव दर्ता गरिएको हो । शनिबार रातिसम्म दर्ता भएका ५० वटा संशोधन प्रस्तावको आइतबार बिहान एकीकृत प्रस्ताव बनाएर एकैसाथ छलफल गरिने जानकारी संसद् सचिवालयका प्रवक्ता भरत गौतमले दिए । संसदीय नियमावलीअनुसार संसद्ले एकीकृत संशोधन तयार गरी सीधै संसदमा छलफल गराउने वा छुट्टै समिति गठन गरेर जान सकिने गौतमले बताए। उनले भने, संशोधनका धाराहरू बहुमतले र विधेयक दुईतिहाइ मतले पारित गरिनेछ।

संसद्को हाल कायम संख्या ५९३ मा विधेयक पारित हुन ३९६ दुईतिहाइमत चाहिन्छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका चीनकाजी श्रेष्ठ, माओवादी केन्द्रका रामनारायण बिडारी, राप्रपाकी कुन्ती शाही, मधेसी मोर्चाका लक्ष्मणलाल कर्ण र जंगीलाल रायले संयुक्त संशोधन राखेका छन् । एकीकृत विधेयकका रूपमा एमालेका अग्निप्रसाद खरेल, भानुभक्त ढकाल र गोकुल पोखरेल, मालेका आइन्द्रसुन्दर नेम्बाङ, राष्ट्रिय जनमोर्चा नेपालकी मीना पुन, मधेस समता पार्टी नेपालका मेघराज नेपाली निषाद र बहुजन पार्टीका बिसेन्द्र पासवानले हस्ताक्षर गरको ८ बुँदे संशोधन प्रस्तावलाई एमालेका सांसद रेवतीरमण भण्डारी र गोकुल घर्तीले दर्ता गराएका थिए ।

यसैगरी फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीको नेतृत्वमा थरुहट पार्टीका गोपाल दहित, दलित जनजाति पार्टी नेपालकी यशोदा लामाले अर्को संयुक्त प्रस्ताव दर्ता गराएको जानकारी संसद् सचिवालयले दिएको छ ।

एमालेबाट संशोधन दर्ता गराउनेमा भरतमोहन अधिकारी, डा. राजन भट्टराई, रवीन्द्र अधिकारी, कृष्णभक्त पोखरेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालदेखि हालै नयाँ शक्ति नेपालमा प्रवेश गरेकी गंगा सत्गौवा चौधरीसम्म छन् । संशोधनमा दलहरूको समीकरण कुल संख्या ५९३ दुईतिहाइ स् ३९७ संशोधनका पक्षमा कांग्रेस २०७ माओवादी केन्द्र ८१ राप्रपा ३६ मधेसी मोर्चा २४ संघीय समाजवादी फोरम नेपाल १५ फोरम लोकतान्त्रिक १४ संयुक्त ३ राष्ट्रिय जनमुक्ति पार्टी २ परिवार दल २ थरुहट तराई पार्टी १ अखण्ड पार्टी नेपाल १ नेपाली जनता दल १ नेपास् राष्ट्रिय पार्टी १ जनजागरण पार्टी १ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १ समाजवादी जनता पार्टी १ दलित जनजाति पार्टी १ स्वतन्त्र १ कुल स् ३९३ मत संशोधनको विपक्षमा एमाले १८१ नेकपा ९माले० ५ नेपाल मजदुर किसान पार्टी ४ राष्ट्रिय जनमोर्चा नेपाल ३ बहुजन पार्टी १ मधेस समता पार्टी १ गरि कुल १ सय ८१ छन् ।

sambidhan

विशेष