राजनीति

चुनाव सार्न एमालेले राख्यो तीन अनौठा सर्त

चुनाव सार्न एमालेले राख्यो तीन अनौठा सर्त

वैशाख–१७ । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले तीन सर्त पूरा गरे बजेटअघि गर्नेगरी स्थानीय तहको चुनाव मिति सार्न सकिने निष्कर्ष निकालेको छ ।

स्थानीय कमिटीको शनिबारको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि एक नेताले भने, ‘सहमतिको वातावरण बन्छ भने वैशाख ३१ को मिति एक दुई साता पर सार्न सकिन्छ । तर त्यसकालागि हामीले तीन सर्त राखेका छौं । उनका अनुसार एमालेले चुनवा मिति केही दिन सार्न सरकारले संविधान संशोधन विधेयक फिर्ता लिनु पर्ने, बजेटअघि तर एकै चरणमा चुनाव गराउनु पर्ने र मधेसी मोर्चा पनि चुनावमा आउने ग्यारेन्टी हुनु पर्ने सर्त अघि सारेको छ । –नागरिक दैनिकबाट

विशेष