राजनीति

एमालेको घोषणा पत्र सार्वजनिक हुँदै, काठमाडौंको मेयर र उपमेयरको टुंगो लगाउने

एमालेको घोषणा पत्र सार्वजनिक हुँदै, काठमाडौंको मेयर र उपमेयरको टुंगो लगाउने

वैशाख १७ । प्रमुख प्रतिपक्षी दल एमालेले घोषणा पत्र आज सार्वजनि गर्दै छ ।

त्यस्तै आजै काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरको टुङ्गो लगाउने भएको छ । शनिबार बसेको नेकपा (एमाले)को स्थायी कमिटीको बैठकमा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारका बारेमा प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मतरुपमा सबै उम्मेदवार निर्णय भइसकेको छ । तर प्रदेश नम्बर–३ मा भने काठमाडौँ महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मतरुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको छ र आइतबारसम्ममा त्यसलाई टुङ्गो लगाउने एमाले सचिव योगश भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

एमालेमा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवारको टुङ्गो भइसकेको छ भने अन्य जिल्लामा पनि ९० प्रतिशतभन्दा बढी स्थानमा उम्मेदवार सर्वसम्मतरुपमा चयन भएका छन् । थोरै स्थानमा बाँकी रहेका उम्मेदवारको चयन आइतबारसम्ममा गरिने बताइएको छ । प्रदेश नम्बर–४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ ।

UML

विशेष