राप्रपा संविधान संशोधनको पक्षमा मतदान गर्ने

वैशाख १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज(आइतबार) बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिनका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिए ।
पार्टी एकीकरण भएपछि पार्टीेका ३७ सांसद रहेकामा २७ सांसदको मात्र बैठकमा उपस्थिति थियो ।
Raprapa