राजनीति

संविधान संशोधन उपयुक्त नभएकाे एमालेकाे दाबी

संविधान संशोधन उपयुक्त नभएकाे एमालेकाे दाबी
काठमाडौँ, वैशाख १७ । नेकपा (एमाले) संसदीय दलको आज(आइतबार) बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका लागि उपयुक्त नरहेको जनाउँदै त्यसविरुद्ध लाग्न आफ्ना सम्पूर्ण सांसदलाई निर्देशन दिएको छ । दलका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै संविधान संशोधन आवश्यक नरहेको कुरा उठेको थियो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधनको कुरा गर्ने सरकारले पुनः आफैँले संविधान संशोधनको प्रस्ताव हालेको शनिबार साँझ मात्र आफूहरुलाई थाहा भएको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको जानकारी पत्रकारहरुलाई दिए । बैठकमा नौदलीय गठबन्धनबीच भएको बैठकका बारेमा पनि सबै सांसदलाई जानकारी गराइएको थियो ।

CPN UML

विशेष