राजनीति

छिट्टै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने - नेता लेखक

छिट्टै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने  - नेता लेखक

काठमाडाैँः नेपाली काँग्रेसका नेता तथा पार्टीको प्रचारप्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा जनलहर बढेको बताएका छन् । प्रचारप्रसार उपसमितिद्वारा विहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पत्रकार भेटघाटमा उनले अन्य दलसँग चुनावी तालमेल गरिएका र एक्लै प्रतिस्पर्धा गरिएका सबै महानगरपालिकामा काँग्रेसले चुनाव जित्ने दाबी गरे।  

नेता लेखकले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा गरिएको सूक्ष्म अध्ययनबाट काँग्रेस ६० देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हुने वातावरण देखिएको बताए। उनले भने, 'काँग्रेसको नेतृत्वमा नै संविधान जारी भयो, संविधान कार्यान्वयन गर्न पनि काँग्रेसको नेतृत्व आवश्यक छ । काँग्रेस सरकारमा सहभागी भएपछि मात्र स्थानीय तहको निर्वाचन पनि सम्भव भएको हो ।'

दोस्रो चरणको निर्वाचनमा मधेस केन्द्रित दलसँग पनि चुनावी तालमेल हुन्छ भन्ने जिज्ञासामा नेता लेखकले संविधानको कार्यान्वयन र संविधानका आधारभूत पक्षसँग सहमत भएका दलसँग स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल हुन सक्ने विचार व्यक्त गरे। नेता लेखकले अहिलेको सत्ता गठबन्धनबाटै सहमतिका साथ छिट्टै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने जानकारी गराए। 

नेपाली काँग्रेस

विशेष