राजनीति

संविधान संशोधन नभए तराई–मधेसमा निर्वाचन हुन दिँदैनौं - महतो

संविधान संशोधन नभए तराई–मधेसमा निर्वाचन हुन दिँदैनौं - महतो

काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले पहिलो चरणको स्थानीय निर्वाचनमा आफ्नो दलले अवरोध नगर्ने बताएका छन् ।

रिपोर्टर्स् क्लबले बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनले लोकतन्त्रलाई संस्थागत र बलियो बनाउने प्रमुख आधार निर्वाचन भएकाले आफूहरु निर्वाचनको पक्षमा रहेको बताउँदै मुलुकमा आवधिक निर्वाचनको सुनिश्चितताका लागि सबै दलले निर्वाचनमा सहभागिता जनाउनुपर्ने विचार व्यक्त गरे ।

उनले आगामी जेठ ४ गतेसम्म संविधान संशोधन नभए राजपा नेपालले तराई–मधेसमा कुनैपनि निर्वाचन हुन नदिने बताउँदै राजपा नेपालका नेता तथा कार्यकर्तालाई लगाइएका झुटा मुद्दा फिर्ता लिनाका साथै जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने माग गरे । उनले सरकारले संविधान संशोधन गर्ने भनेर आफूहरुको सहमतिमा संशोधन प्रस्ताव अघि बढाएपनि अहिलेसम्म पारित नगराइएकामा दुःख व्यक्त गर्दै तोकिएको समयमा संविधान संशोधन नभए संघर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिए ।

राजेन्द्र महतो

विशेष